गण्डकी । ज्योतिर्विद एवं कवि पिताम्बर पौड्यालको ज्योति:शतकम् बजारमा आएको छ । पोखरा महानगरपालिका–३३ शिववस्ती निवासी उनको उक्त पुस्तकमा ज्योतिष विषयका विविध पक्षलाई समेट्ने प्रयास गरिएको छ । विभिन्न पाँच पल्लवमा विभाजित पुुस्तक छन्दोबद्ध: संस्कृत तथा नेपाली रचना हो । पौड्यालले ज्योतिषीय विश्लेषणसँगै संस्कृतमा उल्लेखित श्लोकलाई नेपालीमा अनुवाद गरी सरल र जो कोहीले बुुझ्ने गरी प्रस्तुत गरेका छन् ।
७६ पृष्ठमा समेटिएको सो पुस्तकको प्रथम पल्लवमा उनले नक्षत्र एवं राशिबारे उल्लेख गर्दै पञ्चाङ्ग र ज्योतिषको विश्लेषण गरेका छन् । दोस्रो पल्लवमा ग्रह विश्लेषण, तेस्रो पल्लवमा षड्वर्ग विश्लेषण, चाँैथो पल्लवमा संक्षिप्त फलादेश, लग्नादी बाह्र भावबाट प्रश्नावलोकन, भावेश फल, विभिन्न भावस्थित व्ययेश फल, उच्च नीच ग्रह फल र व्याधी मृत्युुबारे चर्चा गरिएको छ । पाँचौँ पल्लवमा संक्षिप्त राशिफल, वैदिक सम्पदा र नीति श्लोक उल्लेख गरिएको छ ।
नेपाल पञ्चाङ्ग निर्णायक समितिका सदस्यसचिव सूूर्यप्रसाद ढुुङ्गेलले “शिक्षाको सूत्र झैंँ सामान्यबाट जटिलतिर लम्केको यो पुस्तक विशेष गरेर ज्योतिष पेसा एवम् पुरोहित्याई गर्नेहरूका लागि र बालज्योतिषीलाई समेत बढी उपयोगी हुने बताए । २००८ जेठ ३१ गते भरतपोखरी – ६ बर माझथर९हाल पोखरा महानगरपालिका–३३० मा जन्मनुुभएका स्व खडानन्द/जानुकाको छोरा पौड्यालको यस अघि ज्योतिषसम्बन्धी विभिन्न लेखरचना(२०७२), फलित पञ्चामृतम् पहिलो संस्करण(२०७३), दोस्रो संस्करण(२०७४) र तेस्रो संस्करण (२०७६) प्रकाशित भइसकेकोे छ ।
शैक्षिक, सामाजिक एवम् राजनीतिक क्षेत्रका दर्जनौं सङ्घ संस्थामा नेतृत्वदायी भूमिका निर्वाह गर्नुभएका उहाँले यसअघि राष्ट्रिय शिक्षा समिति पुरस्कार (२०५२), अन्तर्राष्ट्रिय ज्योतिष भूूषण पुरस्कार (२०५६)लगायत राष्ट्रिय एवम् स्थानीय पुरस्कार तथा सम्मान प्राप्त गरेका छन् । प्रात:प्रार्थना, स्तुति एवं पञ्चयज्ञ, स्तोत्रानुवाद, सर्वदेव पूजा पद्दति, सरल ज्योति उनका प्रकाशोन्मुख कृति हुन् ।
