सामाजिक सञजाललाई निर्वाचन आयोगको निर्देशन

काठमाडौ । निर्वाचन आयोगले “No, Not Again”, “NO NOT AGAIN” र “No. Not again” समेतका फेसबुक पेज/ग्रुपहरूबाट निर्वाचनमा उम्मेदवार रहेका दलका नेताहरूबारे विभिन्न लाञ्छनापूर्ण अभिव्यक्ति तथा भ्रामक र द्वेषपूर्ण श्रव्य÷श्रव्यदृश्य सामग्री प्रकाशन गरेकोप्रति आयोगको गम्भीर ध्यानाकर्षण भएको र त्यस्ता झुट सामाजिक सञ्जालका ID हटाउन निर्वाचन आयोगले निर्देशन दिएको छ ।

गलत फेसबुक पेज/ग्रुपहरू सिर्र्जना गरी नेताहरूविरुद्ध प्रचारप्रसार गर्ने कार्य विद्युतीय (इलेक्ट्रोनिक) कारोबार ऐन, २०७३ को दफा ४७, निर्वाचन (कसुर तथा सजाय) ऐन, २०७३ को दफा २३ को दपदफा (१) तथा निर्वाचन आचारसंहिता, २०७९ को दफा ४ को खण्ड (ञ), (ट), (ठ) र (ड) को प्रतिकूल रहेको देखिने ठहर आयोगले गरेको छ ।

उल्लेखित कसूर गर्ने व्यक्तिहरूलाई एक लाख रुपैयासम्म जरिवाना वा पाँच वर्षसम्म कैद वा दुवै सजाय हुने व्यवस्था रहेको हुँदा झुठा फेसबुक पेज/ग्रुपहरू तत्काल हटाई उप्रान्त यस किसिमको गतिविधि नगर्न सम्बन्धित सबैलाई जानकारी गराएको छ । साथै, उक्त फेसबुक पेज/ग्रुपहरू तत्काल नहटाईएमा प्रचलित कानून बमोजिम कारबाही हुने आयोगले जनाएको छ ।


Recommended For You