नेपालमा पछिल्लो २४ घण्टामा थप ४,६३६ जनामा कोरोना संक्रमण देखिएको छ भने ४ जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार १०,४१२ पीसीआर परीक्षणमा ३,७०३ र ४,१४४ एन्टिजेन परीक्षणमा ९३३ जना गरी ४,६३६ जनामा कोरोना संक्रमण भएको हो ।
२४ घण्टामा ४ जनाले ज्यान गुमाएका छन् भने ३५० जना निको भएका छन् ।
त्यसैगरी ४ लाख ३५ हजार १९३ जनाले विगत २४ घण्टामा खोप लगाएको मन्त्रालयले जनाएको छ ।