काठमाडौँ । कात्तिक १८ देखि निर्वाचन आयोगले मतदाता शिक्षा कार्यक्रम सञ्चालन गर्ने तयारी गरेको जनाएको छ । आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले १८ कात्तिकबाट मतदाता शिक्षा कार्यक्रम सञ्चालन हुने बताए । आयोगकाअनुसार मतदाता शिक्षाका लागि सामग्री जिल्लाजिल्ला पुगिसकेकाले अब कार्यक्रम सञ्चालन हुने भएको हो । मतदाता शिक्षा कार्यक्रम १ करोड ८० लाख मतदातासमक्ष पुर्याउन प्रत्येक वडामा एउटा स्वयंसेवक परिचालन आयोगले जनाएको छ ।
एक जना स्वयंसेवकले १५ जनाको समूहमा दुई वटा ब्रोसरबाट मतदान गर्ने, मतपत्र मतपेटिकामा खसाल्ने, मतदान केन्द्रसम्म पुग्ने लगायत विषयमा जानकारी गराउने छा् । स्वयंसेवक छनोट गरिसकेको पनि आयोगले जनाएको छ ।
