काठमाडौँ । आगामी मंसिर ४ मा हुने मतपत्रको रंग कस्तो हुन्छ भन्ने कौतुहल मेटिएको छ । प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन आउन अब २० दिन बाँकी छ । ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा दुईवटा मतपत्र प्रयोगमा आउने निर्वाचन आयोगले जानकारी दिएको छ ।
आयोगका अनुसार प्रतिनिधिसभा र प्रदेशसभाको पहिलो हुने (प्रत्यक्ष) निर्वाचन प्रणाालीका लागि मतपत्रमा सेतो पृष्ठभूमिमा रातो रंगको निर्वाचन चिह्न र अन्य विवरण छापिएको हुनेछ । यसैगरी दुवै तहको समानुपातिक निर्वाचन प्रणालीको लागि मतपत्रमा सेतो पृष्ठभूमिमा कालो रंगको निर्वाचन चिह्न र अन्य विवरण छापिएको हुने आयोगले जनाएको छ ।

