एजेन्सी । सिन्जियाङ क्षेत्रमा ‘गम्भीर मानवअधिकार उल्लंघन गरेको विषयमा चीनको निन्दा भएको छ । ५० देशहरूले राष्ट्रसंघको बहसका क्रममा उइघुरविरुद्धको अत्याचारमा तत्काल ध्यान दिन आग्रह गर्दै एक विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
‘हामी जनवादी गणतन्त्र चीनमा मानवअधिकारको अवस्थाबारे चिन्तित छौँ । विशेष गरी सिनजियाङमा उइघुरहरू र अन्य मुस्लिम अल्पसंख्यकहरूविरुद्ध भइरहेको मानवअधिकार उल्लंघनबारे गहिरो चिन्तामा छौं’, ती देशले हस्ताक्षर गरेको विज्ञप्तिमा भनिएको छ ।
संयुक्त राज्य अमेरिका, बेलायत, जर्मनी, फ्रान्स, जापान, अस्ट्रेलिया, टर्की, इजरायल, ग्वाटेमाला सोमालियालगायत ५० देशले विज्ञप्तिमा हस्ताक्षर गरेका छन् ।
