काठमाडौँ । नेकपा (एमाले) संसदीय दलको मुख्य सचेतकमा महेश बर्तौला र सचेतकमा सुनिता बराल चयन भएका छन् । दलका अध्यक्ष एवं संसदीय दलका नेता केपी शर्मा ओलीले उनीहरुलाई जिम्मेवारी दिएका हुन् ।
यसअघि प्रमुख सचेतक रहेका पदम गिरी सोमबार नवगठित मन्त्रिपरिषद्मा सदस्यभएपछि सचेतक बर्तौलाले नयाँ जिम्मेवारी पाएका हुन् । सांसदद्वय बर्तौला र बराल दुवै विद्यार्थी राजनीतिबाट स्थापित नेता हुन् ।
