प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । प्रतिनिधिसभाको बैठक चैत २८ गते बुधबारसम्मका लागि स्थगित गरिएको छ । बैठकमा प्रमुख प्रतिप्रक्षी दल नेपाली कांग्रेसले सहकारीको रकम अपचलन गर्नेविरुद्ध छानबिनका लागि संसदीय समिति गठन गर्नुपर्ने माग दो¥याएपछि सदन अवरुद्ध भएको थियो ।

सभामुख देवराज घिमिरेले १५ मिनेटका लागि स्थगित गर्नुभएको बैठक विशेष कारण देखाई सूचना टाँस गरेर भोलि बिहान ११ बजे बस्ने गरी निर्धारण गरिएको हो ।


Recommended For You