एमालेलाई निर्णायक शक्तिको रुपमा स्थापित गराउनुपर्छः अध्यक्ष ओली

नवलपरासी । पूर्वप्रधानमन्त्री एवं नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले एमालेलाई निर्णायक शक्तिको रुपमा रुपान्तरण गर्नुपर्ने आजको आवश्यकता भएको बताएका छन् । एमाले पश्चिम नवलपरासीको नवाँै जिल्ला अधिवेशनको उद्घाटन सत्रमा उनले एमालेलाई राष्ट्रिय एवं निर्णायक शक्तिको रुपमा स्थापित गराउन आवश्यक छ भने ।

उनले भने, “मिसन ८४ मार्फत् पार्टीलाई निर्णायक शक्तिमा पुर्याइने छ । यसका लागि पार्टीलाई बलियो बनाउनुपर्छ ।” यसैबीच अध्यक्ष ओलीले पश्चिम नवलपरासीको सुस्ता जोड्ने निर्माणाधीन झोलुङ्गे पुलको अवलोकन गरे । अध्यक्ष ओलीले त्रिवेणीस्थित गजेन्द्रमोक्ष धामसमेतको अवलोकन गरे ।

अध्यक्ष ओलीले सुस्ता क्षेत्रसमेतको निरीक्षण गरे । उनले सीमा रक्षाको आवाज उठाउँदा आफू तत्कालीन शासकबाट जेलसमेत परेको स्मरण गरे । “तत्कालीन शासकले सीमा रक्षा, स्वाधिनताको रक्षा गर्नुपर्छ भनेर आवाज उठाउँदा अनाहकमा मलाई जेल हाल्यो । तर हामीले अहिलेसम्म पनि यो आवाज उठाउँदै आइरहका छौँ,” उनले भने । अध्यक्ष ओलीले रामग्राम स्तुपाको निरीक्षणसमेत गरे ।


Recommended For You