कांग्रेसको विरोधका बीच प्रतिनिधिसभा बैठक जारी

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसको विरोध र नाराबाजीबीच प्रतिनिधिसभा बैठक जारी छ ।

प्रतिनिधिसभाको बैठक प्रारम्भ हुनेबित्तिकै कांग्रेस सांसदहरु आसनबाट उठेर विरोध जनाए पनि सभामुख देवराज घिमिरेले बैठकका कार्यसूचीअघि बढाएका हुन् ।

कांग्रेसले सहकारीको रकम अपचलनमा उपप्रधान एवम् गृहमन्त्री रवि लामिछानेको समेत संलग्नता देखिएको भन्दै निष्पक्ष छानबिनका लागि संसदीय समिति गठनको माग गर्दै आएको छ।


Recommended For You