पत्रकारिता लोकतन्त्रमा सत्ता पक्षलाई खबरदारी गर्ने स्वतन्त्र निकाय हो : सञ्चारमन्त्री गुरुङ

काठमाडौँ । सञ्चार तथा सूचनाप्रविधि मन्त्री पृथ्वी सुब्बा गुरुङले सञ्चार क्षेत्रलाई मर्यादित र व्यवस्थित बनाउन आग्रह गरेका छन् । मन्त्रालयमा नेपाल पत्रकार महासङ्घको नवनिर्वाचित कार्यसमितिका पदाधिकारीलाई बधाई एवं शुभकामना दिँदै मन्त्री गुरुङले पत्रकारिता स्वतन्त्र र स्वनियम हुन आवश्यक रहेकोमा जोड दिए ।
नेपाल सरकारका प्रवक्तासमेत रहेका मन्त्री गुरुङले पत्रकारिता लोकतन्त्रमा सत्ता पक्षलाई खबरदारी गर्ने स्वतन्त्र निकाय रहेको उल्लेख गरे । पत्रकारितालाई थप व्यवस्थित र मर्यादित बनाउन यससम्बन्धी विधेयक निर्माणको चरण रहेको जानकारी दिँदै मन्त्री गुरुङले पत्रकारिता पेसा जोखिमपूर्ण र अस्थिर भएकाले थप व्यवस्थित गराउन आफू सहकार्य गर्न तयार रहेको बताए ।
त्यसैअवसरमा मन्त्रालयका प्रवक्ता गजेन्द्रकुमार ठाकुरले पत्रकार महासङ्घका पदाधिकारीलाई बधाइ तथा शुभकामना दिँदै महासङ्घसँग सहकार्यका लागि मन्त्रालय तयार रहेको बताए। सूचना तथा प्रसारण विभागका महानिर्देशक प्रदीप परियारले आफू सधै पत्रकारिताको विकासको पक्षमा रहेको उल्लेख गरे ।

Recommended For You