ग्रेडिङ मार्क्स सच्याउन नेविसंघको माग

काठमाडौं । नेपाल विद्यार्थी संघले ग्रेडिङ मार्क्समा त्रिभुवन विश्वविद्यालयले व्यापक त्रुटि गरेको भन्दै तत्काल सच्याउन माग गरेको छ । संघले सोमबार प्रेस विज्ञप्ति जारी गरी विद्यार्थीहरूबाट गुनासो आएकाले सच्याउन माग गरेको हो ।

विज्ञप्तिअनुसार हालै सम्पन्न भएको ४८औँ दीक्षान्त समारोहमा उपस्थित त्रिभुवन विश्वविद्यालयको सेमेस्टर प्रणालीअन्तर्गत परीक्षा उत्तीर्ण विद्यार्थीहरूको शैक्षिक प्रमाणपत्र, लब्धांकपत्र र चारित्रिक प्रमाणपत्रमा समेत उल्लेख भएको ग्रेडिङ मार्क्समा व्यापक त्रुटि आएको गुनासो आएको छ ।

‘सेमेस्टर प्रणालीअन्तर्गतको डेभिएसन सिस्टमलाई समेत पालना नगरी अंक निर्धारण गरेको र विद्यार्थीले छनोट गरेको मुख्य विषय उल्लेख नगरी सबैमा अल भनी उल्लेख गरेकाले विद्यार्थीले मुख्य अध्ययन गरेको विषय नछुट्ट्याएको भनी व्यापक असन्तुष्टि आएकामा गम्भीर ध्यानाकर्षण भएको छ,’ विज्ञप्तिमा उल्लेख छ।


Recommended For You