कांग्रेस नेता पौडेललाई जापानको ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता एवं पूर्वसभामुख रामचन्द्र पौडेललाई जापान सरकारले ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान गरेको छ । वरिष्ठ नेता पौडेललाई नेपालका लागि जापानका राजदूत किकुता युताकाले आज बिहीबार उनकै निवासमा ‘अर्डर अफ द राइजिङ सन’ पदक प्रदान गरिएको हो । सन् २०२० अप्रिल २९ गते घोषणा भएको यो सम्मान कोभिडलगायतका कारण बिहीबार प्रदान गरिएको हो ।

जापानी सम्राट मेइजिले सुरु गरेको राजकीय सम्मान ‘अर्डर अफ द राइजिङ सन’ बिहीबार दिउँसो ३ बजे वरिष्ठ नेता पौडेललाई प्रदान गरिएको छ । वरिष्ठ नेता पौडेललाई विशेषत: पूर्वसभामुखको हैसियतमा दुई देशबीचका सांसदबीचको सम्पर्कलाई सक्रिय बनाउन र त्यसपछि नेपाल–जापान सम्बन्ध सुदृढमा गर्नुभएको योगदानका लागि कदर गरिएको हो ।वरिष्ठ नेता पौडेलले आफू सभामुख रहँदा सन् १९९९ मा नेपाल–जापान मैत्री संसदीय लिग स्थापना गर्नुका साथै त्यसको पहिलो अध्यक्षसमेत रहेका थिए ।


Recommended For You