काठमाडौं । निर्वाचन आयोगमा पार्टीले बुझाएको समानुपातिक उम्मेदवारको बन्दसूचीप्रति असन्तुष्ट शेखर–गगन समूहले समानुपातिक बन्दसूची सच्याउन अल्टिमेटम दिएको छ ।
नेपाली काँग्रेसका महामन्त्री गगन थापाले यदि समानुपातिक सूची नसच्चिए पार्टीमै विद्रोह गर्ने बेला आएको बताए ।
शुक्रबार पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै थापाले विद्रोह गरेर पार्टीलाई ठिक ठाउँमा ल्याउनुपर्ने बताए । उनले पार्टीभित्र ठूलो शुद्धीकरण अभियान चलाउनुपर्ने आवश्यकता औँल्याए ।
