काठमाडौं । पछिल्लो समय आकर्षक शैक्षिक गन्तव्य बनिरहेको क्यानडामा नेपाली विद्यार्थीहरूको चासो बढिरहेको देखिन्छ । गोरेटो कन्सल्टेन्सीले क्यानडा अध्ययनका विषयमा दुई विद्यार्थी तथा अभिवाहकहरूका लागि जानकरीमूलक अन्तरक्रिया कार्यक्रम गरेको छ । क्यानडा जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी, विषयगत विश्वविद्यालय तथा कलेजको छनोट, आवेदन प्रक्रिया, लागत र समयसँगै क्यानाडाको भूगोल, हावापानी, रहनसहन साथै क्यानडा गएपछि सामना गर्नुपर्ने विभिन्न चुनौती तथा अवसरहरू, कलेज तथा विश्विद्यालयको पढाइको अवस्था, जागिरको अवसर र प्रकारलगायत विषयमा जानकारी तथा छलफल गरिएको थियो ।
सो अवसरमा बोल्दै प्रमुख परामर्शदाता धीरज कँडेलले क्यानाडामा अध्ययन गर्न जाने विद्यार्थीहरूले जानुपूर्व नेपालमा गर्नुपर्ने तयारी तथा क्यानाडा गएपछि प्राप्त हुने विभिन्न अवसरहरू र सामना गर्नुपर्ने चुनैतीबारे जानकारी गराएका थिए । विद्यार्थीहरूले क्यानडा गएपछि सुरुवाती दिनहरूमा कामभन्दा पनि अध्ययनलाई बढी प्राथमिकतामा राख्न सुझाव दिँदै पढाइपछि विद्यार्थीहरूले भविष्यमा आफ्नो करियरमा धेरै अवसरहरू प्राप्त गर्ने हुँदा आर्थिक उपार्जन पनि स्वतः राम्रो हुने बताएका थिए ।
सो अवसरमा अर्का परामर्शदाता सतीश भट्टले हरेक आवेदकको पढाइ, आर्थिक अवस्था, अनुभव फरक–फरक हुने भएकाले सबै डिपिन्डेटमा जाने विद्यार्थी र उनको जीवन साथीले भिन्ना भिन्नै आवेदन दिनु प्रभावकारी हुने बताए । परामर्शदाता तथा विद्यार्थी संयोजक प्रकाश रेग्मीले विद्यार्थीहरूलाई ढुक्क भएर पिटिई तयारी गरेर राम्रो अंक प्राप्त गरेपछि आवदेन दिन सुझाव दिए । क्यानडाको अध्ययन भिसामा जान बिजनेस, कम्प्युटर प्रोग्रामिङ, हस्पिटालिटी, नर्सिङ, फोटोग्राफ्री, बेकरी तथा पेष्ट्री, प्लम्बिङ्ग, कारपेन्ट्री, कृषि तथा सिभिल इन्जिनियरिङलगायत विभिन्न शैक्षिक कार्यक्रमहरूमा विद्यार्थीहरूले आवेदन दिन सक्नेछन् ।
