जुराइन्छ कसरी समुद्री आँधीको नाम ?

एजेन्सी

आँधीको नाम सुन्ने बित्तिकै धेरैका रौं सिरिङ्ग हुन्छन् । आँधी विनाशको पर्याय नै बनेको छ । । विभिन्न देशले प्रत्यक्ष अप्रत्यक्ष रूपमा आँधीको अनुभव गरेका छन् । आँधीले विभिन्न देशमा ठूलो जनधनको क्षति पुर्‍याएको छ ।

यसै साता इयानले आँधीले अमेरिकाको फ्लोरिडा राज्यमामा ठूलो क्षति पुर्‍याएको थियो । यहाँ आँधीको क्षतिभन्दा पनि त्यसको नाम कसरी जुराइन्छ भन्ने विषयमा चर्चा गर्न लागिरहेका छौँ ।
सुरुवाती दिनमा आँधीको नाम जथाभावी राखिन्थ्यो । सन् १९५० को मध्येदेखि आँधीको नाम राख्ने प्रचलन सुरु भएको हो । सुरुमा महिलाको नामबाट आँधीको नाम राखिन्थ्यो ।सन् १९७९ पछि पहिलोपटक आँधीमा महिलाको नाम राखिन थालिएको थियो । बिस्तारै जलवायु तथा मौसमविद्ले अक्षरको वर्णअनुसार नाम राख्न थाले । जस्तै पहिलोपटक आउने आँधीको नाम ‘ए’ बाट राख्न थालियो । अर्कोपटक आउने आँधीलाई ‘बी’बाट नामकरण गरियो ।

यस्तो नामकरण सम्बन्धित क्षेत्रका राष्ट्रिय हुरिकेन सेन्टरले गर्छन् । ती सेन्टर विश्व जलवायु संगठन ‘डब्लुएमओ’ को अन्तराष्ट्रिय समितिबाट निरन्तर अपडेट हुन्छन् ।
सामान्यतया आँधका लागि ६ ओटा नाम ‘रोटेसन’ का आधारमा राखिन्छ । सन् २०१९ मा राखिएको नाम सन् २०२५ पछि पुन: राखिन्छ ।

तर, कुनै आँधी विनाशकारी छ भने त्यसको नाम दोहोरिंँदैन् । त्यसको सट्टामा अर्को नाम रहन्छ । विनाशकारी आँधी आएमा डब्लुएमओ को ट्रोपिकल साइक्लोन कमिटीको वार्षिक बैठकले सो नाम सूचीबाट हटाउँछ र अर्को नाम राख्छ ।

 


Recommended For You