विश्वप्रकाश शर्माको जिम्मेवार अभिव्यक्तिः प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ

काठमाडौँ । नेपाली काँग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले प्रेम आचार्यले गरेको आत्मदाहले सबैलाई कठघरामा उभ्याएको बताएका छन् । प्रेम आचार्यले दिउँसै संसद भवनअगाडि आगो लगाएर आत्मदाह गरेका थिए । शर्माले समाजिक सञ्जालमार्फत् दुःखी बनेर र श्रद्धाञ्जली दिएर मात्र हामीलाई उन्मुक्ति नमिल्ने बताएका छन् ।

महामन्त्री शर्माले लेखेका छन्, ‘प्रेम आचार्यको आत्मदाहले हामी सबैलाई कठघरामा उभ्याएको छ । दुःखी बनेर,श्रद्धाञ्जली दिएर मात्र हामीलाई उन्मुक्ति मिल्दैन,’। नीति बदलिएर पुगेन, थिती बसाल्दै नियती बदल्ने संकल्प, कार्ययोजना र जोड जरुरी छ । उनको आत्मदाहको ऎनामा हाम्रो अनुहार छ । केही भिन्न नसोची यो भिन्न बन्न सक्दैन,।’

काँग्रेस महामन्त्री विश्वप्रकाश शर्मा पहिलोपटक सांसद बनेका हुन् । उनी सरकार सञ्चालनमा अहिलेसम्म संलग्न भएका छैनन् । यद्यपि राजनीतिकर्मी र देशकै पुरानो अनि अहिलेको ठुलो पार्टीको महामन्त्रीको नाताले विश्वप्रकाश शर्माले प्रेम आचार्यको आत्मदाहको जिम्मेवार अरुलाई मात्र देखाएनन् । समग्र राजनीतिकर्मीले जिम्मेवारी लिनुपर्ने उनको अभिव्यक्तिको आशय थियो ।


Recommended For You