समाजवादीनिकट अनेरास्ववियुले शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन

काठमाडौं । काठमाडौंको प्रदर्शनी मार्गस्थित रत्नराज्य (आरआर) क्याम्पस अगाडि शुक्रबार बिहान शिक्षामन्त्री शिशिर खनालको पुत्ला दहन गरिएको छ ।

एकीकृत समाजवादीनिकट विद्यार्थी संगठन अनेरास्ववियुका विद्यार्थीले शिक्षामन्त्री खनालको पुत्ला दहन गरेका हुन् । विद्यार्थीले कक्षा १ देखि ५ सम्मको पाठ्यपुस्तक निजी क्षेत्रलाई छाप्न दिने निर्णय गरेको भन्दै मन्त्री खनालको पुत्ला दहन गरेको अनेरास्ववियुका अध्यक्ष सुदेश पराजुलीले जानकारी दिए ।

 


Recommended For You