काठमाडौं
नेपाली कांग्रेसभित्र सिट बाँडफाँटमा असन्तुष्ट रहेको शेखर कोइराला समूहको भेला २ बजेबाट बस्ने भएको छ ।
काठमाडौको अनुपम फूडल्यान्डमा बस्ने भेलाले संस्थापन पक्षले कोइराला समूहसँग गरिरहेको विभेदका बारेमा छलफल हुने कोइराला समूहका नेता भूपेन्द्रजंग शाहीले बताए ।
४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनका लागि कांग्रेस संस्थापन पक्षले एकलौटी गरेको भन्दै त्यसको विरोधमा कोइराला समूहले केन्द्रीय कार्यालय सानेपा घेर्नेदेखि अलग भेला गर्दै आएका छ । समानुपातिक बन्दसूचीमा एकलौटी गरेको भन्दै विरोध गरेपछि संस्थापन पक्षले नामावली सच्याउने काम गरिएको थियो ।
