पछिल्लो २४ घण्टामा थप ६७३४ जनामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयद्वारा जारी तथ्यांकअनुसार १४ हजार १४ जनामा पीसीआर परीक्षण र ३ हजार ४ सय ५१ जनामा एन्टिजेन परीक्षण गर्दा ६ हजार ७ सय ३४ जनामा संक्रमण देखिएको हो ।
योसँगै अहिलेसम्म कोरोना संक्रमित हुनेको संख्या ९ लाख ६१ हजार ९ सय ४० पुगेको छ । सोही अवधिमा ५४७ जना निको भएका छन् । योसँगै निको हुनेको कुल संख्या ८ लाख १६ हजार ९ सय ८५ पुगेको छ ।
काठमाडौं उपत्यकामा मात्रै ३९३९ जना संक्रमित थपिएका छन् ।
सबैभन्दा बढी संक्रमित थपिनेमा काठमाडौं रहेको छ । काठमाडौंमा २९४३ं, भक्तपुरमा २०१ र ललितपुरमा ७९५ जना संक्रमित थपिएको मन्त्रालयको तथ्यांकमा उल्लेख छ ।