ह्यारी पोटरका रोबी कोलट्रनको मृत्यु

 

एजेन्सी । उडको प्रख्यात फ्रेञ्चाइजी ‘ह्यारी पोटर’ मा ‘रुबियस हेग्रिड’को भूमिकामा अभिनय गर्ने अभिनेता रोबी कोलट्रनको निधन भएको छ । उनको ७२ वर्षको उमेरमा निधन भएको हो । रोबी ब्रिटिस सिरिज ‘‘क्रेकर’ मा गरेको उत्कृष्ट अभिनयका लागि पनि लोकप्रिय थिए । उनको जन्म ३० मार्च १९५० मा स्कटल्यान्डको ग्लासगोमा भएको थियो । उनको वास्तविक नाम एन्थोनी रोबर्ट मेकमिलन थियो ।

सन् १९९३ र २००६ को बीच प्रसारण भएको जिमी मेकगवर्नको क्रेकर सिरिजमा रोबी एक असामाजिक आपराधिक मनोवैज्ञानिकको भूमिकामा देखिएका थिए । तर उनले बढी चर्चा ‘ह्यारी पोटर’को भूमिकाबाट पाए ।

 


Recommended For You