नेपाली काँग्रेस दोलखाका पूर्व पार्टी सभापति माधवमणि राजभण्डारीको निधन भएको पाँचौँ दिनको पुण्य तिथिमा आज भीमेश्वर-२ काठमाडौँ सम्पर्क समितिले आज श्रद्धाञ्जली सभा आयोजना गरेको थियो ।
नेपाली काँग्रेस दोलखाका पार्टी सभापति वर्मा लामाको प्रमुख आतिथ्यतामा सम्पन्न श्रद्धाञ्जली सभामा दोलखा काँग्रेसका नेता तथा कार्यकर्ताको उपस्थिति रहेको थियो ।
दोलखाका प्रबुद्ध वर्गको समेत उपस्थितिमा सम्पन्न श्रद्धाञ्जली सभामा स्व. राजभण्डारीले दोलखालाई र समग्र राष्ट्रलाई पुर्याउनुभएको योगदानको स्मरण गरिएको थियो ।
