मन्त्री मेटमणि चौधरीद्वारा आचारसंहित उल्लङ्घन

दाङ । सहरी विकासमन्त्री मेटमणि चौधरीले निर्वाचन आचारसंहित उल्लङ्घन गर्दै राहत सामग्री वितरण गरेका छन् । चौधरीले शनिबार दाङको देउखुरीका चार पालिकाका बाढी पीडितका लागि करिब १३ लाख बराबरको खाद्यान्न सामग्री वितरण गरेको जनाइएको छ । डुबान क्षेत्रको अवलोकनपछि जनतालाई पहिलो चरणको सहयोग पुर्याउने उद्देश्यले देउखुरीका राप्ती, गढवा, राजपुर र लमही पालिकालाई ५० क्विन्टलका दरले चामल उपलब्ध गराएको मन्त्री चौधरीले बताए ।

‘यो २०१८ साल पछिकै ठुलो बाढी हो । यसले निकै ठुलो क्षती पुर्याएको छ । थोरै भए पनि जनतालाई सहायोग होस् भन्ने चाहेको छु । यो पालिका प्रमुखमार्फत् एकद्धार प्रणालीबाट वितरण हुनेछ,’ मन्त्री चौधरीले बताए । दुःखमा परेका जनताले राज्य र स्थानीय सरकारको महसुस गर्नुपर्ने जनाउँदै सहरी विकास मन्त्री चौधरीले क्षतिको विवरण संकलन लगत्तै स्थानीय, प्रदेश र संघीय सरकारबाट पर्याप्त राहत उपलब्ध गराइने पनि बताए ।


Recommended For You