चन्द्र भण्डारी मतदातासँग मकै भटमास खाँदै आफ्नै शैलीमा भोट माग्दै

गुल्मी । नेपाली काँग्रेसका नेता चन्द्र भण्डारी मतदाताहरूसँग मकै भटमास खाँदै आफ्नै शैलीमा भोट पनि माग्दै छन् । उनी यतिखेर घरदैलो अभियानमा आफ्नै निर्वाचन क्षेत्रमा छन् । चन्द्र भण्डारीको मत माग्ने शैली अलि फरक छ । उनी जहाँ पुग्छन्, मतदाताले जे खान्छन् त्यही हात थापेर खाँदै मतदाताहरूसँग गफिन्छन् । उनी काँग्रेस, कम्युनिष्ट भनेर कार्यकर्तालाई विभेद गर्दैनन् । सबैसँग समान रूपमा गफ्फिन्छन् । यस पटक चुनाव जित्नेमा भण्डारी ढुक्क देखिन्छन्

नेपाली काँग्रेसभित्र बौद्विक नेताको छवि बनाएका नेता भण्डारी गत निर्वाचनमा एमालेका प्रदीप ज्ञवालीसँग पराजित भएका थिए । त्यतिखेर माओवादी र एमाले एउटै पार्टी निर्माणको सन्देश बोकेर चुनावी मैदानमा थिए भने अहिले अवस्था फरक छ । यतिखेर काँग्रेस माओवादीलगायत चार दलीय गठबन्धन चुनावी मैदानमा छ ।


Recommended For You