एजेन्सी । रुसले युक्रेनमा हमला गरेपछि उत्पन्न आर्थिक अवस्थाका कारण पूर्वी युरोप र मध्य एसियाका ४० लाख बालबालिका गरिबीमा धकेलिएकोे राष्ट्रसंघीय बालकोष युनिसेफले जनाएको छ । युक्रेन युद्धका कारण उत्पन्न आर्थिक संकटको सबैभन्दा ठूलो बोझ बालबालिकाले वहन गरिरहेका छन् ।
द्वन्द्व र बढ्दो मुद्रास्फीतिले पूर्वी युरोप र मध्य एसियाका थप ४० लाख बालबालिकालाई गरिबीतर्फ धकेलिएका छन, यो सन् २०२१ यता १९ प्रतिशतले वृद्धि हो । निष्कर्षमा पुग्न युनिसेफले २२ देशका तथ्यांकहरूको अध्ययन गरेको थियो । फेब्रुअरीमा रुसले युक्रेनमा हमला गरेपछि युक्रेनी र रुसी बालबालिका सबैभन्दा बढी प्रभावित छन् ।
पश्चिमी प्रतिबन्धबाट रुसी अर्थतन्त्रमा परेको झट्काले यसको ठूलो जनसंख्यासँगै बाहिरी प्रभाव उत्पादन गर्न सक्छ । ‘‘युक्रेन गरिबीमा बाँचिरहेका ५ लाख अतिरिक्त बालबालिकाको घर हो’, युनिसेफले भन्यो । त्यस्तै युक्रेनपछि रोमानियामा १ लाख १० हजारभन्दा बढी बालबालिका गरिबीको चपेटामा परेको युनिसेफले जनाएको छ । युनिसेफका युरोप र मध्य एसियाका क्षेत्रीय निर्देशक अफसान खानले भने, ‘‘यस डरलाग्दो युद्धको चपेटामा यस क्षेत्रका बालबालिकाहरू प्रभावित भइरहेका छन् ।’
