किभमा ड्रोनमार्फत रुसी अक्रमण

 

एजेन्सी । युक्रेनको राजधानी किभमा ड्रोनबाट अक्रमण गरेको छ । युक्रेनी राष्ट्रपतिका चिफ स्टाफ एन्ड्रिया यरमार्कले जानकारी दिए । राजधानीको मध्य सेभचेन्किभ्स्की जिल्लामा धेरै विस्फोट सुनिएको बताइए । विस्फोटको युक्रेनले निन्दा गरेको छ । ‘रुसीहरूले सोच्छन् कि यसले उनीहरूलाई मद्दत गर्नेछ, तर विस्फोटले उनीहरूको हतास मानसिकता देखाउँछ,’ उनले सामाजिक सञ्जालमा लेखका छन् ।

स्थानीय समयअनुसार सोमबार बिहान साढे ६ बजेदेखि ७ बजेको अवधिमा विस्फोट भएको थियो । विस्फोट हुनुभन्दा अगाडि हवाई आक्रमणका साइरन बजेका थिए । एउटा विस्फोट सहरका मेयर भिटाली क्लिटस्चोकाले राजधानीको केन्द्रीय सिभचेनकिभस्काई जिल्लामा भएको बताए ।

क्षतिको पूर्ण विवरण सार्वजनिक आउन बाँकी नै छ ।


Recommended For You