त्रिविले थाल्यो करारमा कर्मचारी भर्ना, निर्वाचन आयोगको स्पष्टीकरण

काठमाडौं । निर्वाचन आचारसंहिताविपरीत त्रिभुवन विश्वविद्यालयले करार सेवामा कर्मचारी भर्ना थालेको छ । निर्वाचन आचारसंहिता जारी भएपछि नियुक्ति, बढुवा लगायतका काम गर्न नपाइने भए पनि त्रिविले नियम छलेको पाइएकोले निर्वाचन आयोगले स्पष्टीकरण पेस गर्न आदेश दिएको छ ।

निर्वाचन आयोगले स्पष्टीकरणमा आयोगलाई जानकारी गराई विश्वविद्यालय सेवा आयोग र शिक्षक सेवा आयोगको नियमित हुने पदपूर्तिसम्बन्धी कारबाही गर्न बाधा नहुने बाहेक नयाँ पद सिर्जना गर्ने, रिक्त पदपूर्ति गर्ने, भत्ता वृद्धि गर्ने लगायतका कुनै पनि आर्थिक सुविधा र पुरस्कार प्रदान गर्न नहुने आचारसंहिताको व्यवस्था स्मरण गराउँदै ती निकायले सुरु गरेको करार सेवामा पदपूर्ति प्रक्रिया नियमित प्रक्रिया हो होइन ? भन्ने प्रश्न गरिएको छ । होइन भने प्रक्रियालाई रोक्नु नपर्ने आधार के छ ? भनी आयोगले स्पष्टीकरण सोधेको छ ।


Recommended For You