यस वर्षको बुकर पुरस्कार श्रीलंकाली लेखकले पाए

एजेन्सी । श्रीलंकाका लेखक सेहान करुणातिलाकाले यस वर्षको बुकर पुरस्कार पाएका छन् । आफ्नो कृति ‘द सेभेन मुन्स अफ माली अल्मेडा’ का लागि बेलायतको बुकर पुरस्कार जितेका हुन् । देशको साम्प्रदायिक द्वन्द्वबीच हत्या गरिएका पत्रकारको बारेमा पुस्तकमा लेखिएको छ ।

४७ वर्षीय करुणातिलाका बुकर पुरस्कार जित्ने दोस्रो श्रीलंकाली हुन् । यसअघि सन् १९९२ मा माइकल ओन्डात्जेले ‘द इंग्लिस पेसेन्ट’ का लागि पुरस्कार पाएका थिए । पुरस्कार राशि ५० हजार युरो रहेको छ ।

Recommended For You