पद, पैसा, पहुँच र प्रलोभनबाट निर्वाचन प्रभावित हुनु हुँदैन: दिनेश थपलिया

काठमाडौँ । पद, पैसा, पहुँच र प्रलोभनबाट निर्वाचन प्रभावित हुन नहुने निर्वाचन आयोगका प्रमुख आयुक्त दिनेशकुमार थपलियाले बताएका छन् । दिपावली, नेपाल संवत् र छठ पर्वको अवसरमा सोमबार शुभकामना सन्देश दिँदै उनले सो कुरा बताएका हुन् । निर्वाचन विचार, सिद्धान्त, इमान र निष्ठाबाट निर्देशित हुनुपर्छ भन्ने आयोगको अठोट र मान्यता स्थापित गर्न सबै मतदाताहरूमा कसैको डर, धाक, धम्की र प्रलोभनमा नपरी निर्धक्क भएर मतदान गर्ने शक्ति चाड पर्वबाट प्राप्त होस् र प्रतिबद्धता जागृत होस् भन्ने कामना समेत आयुक्त थपलियाले गरेका छन् ।

निर्वाचनका लागि जारी गरिएको आचारसंहिताविपरीत मतदातालाई अवाञ्छित रूपमा प्रलोभन दिने र प्रभावित पार्ने जस्ता गतिविधिहरु नगर्न समेत सम्बन्धित दल, उम्मेदवार र सबै मतदाताहरुलाई प्रमुख आयुक्त थपलियले अपिल अपिल गरेका छन् ।

 


Recommended For You