समीरका दुई कृति विमोचित

काठमाडौँ । स्रष्टा समीर नेपालका उपन्यास र यात्राकथा गरी दुई कृति विमोचित गरिएको छ । ओरिएन्टल प्रकाशनद्वारा प्रकाशित उपन्यास ‘वर्षका बिहानीहरू’ र यात्राकथा ‘नबिर्सने यात्रा’ साहित्यकारद्वय मेघराज शर्मा ‘मञ्जुल’ र एसपी कोइरालाले विमोचन गरे । भोजपुरको पोखरेमा आजकै दिन जन्मिएर पठित परिवारमा हुर्किएका समीरका दुई दाजु मञ्जुल र प्रदीप नेपाल साहित्यिक क्षेत्रमा स्थापित भइसेका छन् ।

कार्यक्रममा समीक्षक डा. गीता त्रिपाठीले दुवै कृतिले उनको साहित्यिक व्यक्तित्व खुलाएको टिप्पणी गर्दै पछिल्लो समयमा नियात्रा विधा लोकप्रिय भएको सन्दर्भमा ‘नबिर्सने यात्रा’को महत्त्व झन् बढेको बताए। लामो समयदेखि सामाजिक तथा मानवअधिकारका क्षेत्र हुँदै हाल राजनीतिमा सक्रिय स्रष्टा नेपालले साहित्यिक वातावरण घरमै मिलेकाले आफूलाई लेख्न समस्या नभएको बताए ।


Recommended For You