आज बसेको काठमाडौँ महानगरको नगरसभाको ११ ओैँ अधिवेशनमा आर्थिक वर्ष ०७९/०८० का लागि २५ अर्व ४१ करोड ९६ लाख ९६ हजारको अनुमानित बजेट पेस भएको छ । काठमाडौँ महानगरका प्रमुख वालेन्द्र शाहको अध्यक्षतामा बसेको नगरसभाको बैठकमा महानगरकी उपप्रमुख सुनीता डङ्गोलले अनुमानित बजेट पेस गर्नुभएको थियो ।
नगर सभाको ११ ओैँ अधिवेशनमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री राजेन्द्रकुमार श्रेष्ठ, काठमाडौँ महानगरका प्रमुख प्रशासकीय अधिकृत लोकनाथ पौड्याल, काठमाडौँ महानगरका महानगर सदस्यहरू हुनुहुन्थ्यो ।
उपप्रमुखले बजेट बक्तव्यमार्फत् सभामा प्रस्ताव गर्नुभएको बजेटमा २२ अर्व ३६ करोड ९५ लाख ४९ हजार रूपैयाँ कहानगरको सञ्चित कोषमा जम्मा हुने रकम हो भने ३ अर्व ५ करोड १ लाख ४७ हजार रूपैयाँ सामाजिक सुरक्षा भत्तालगायत नेपाल सरकार, प्रदेश सरकार र जग्गा एकीकरण आयोजनाबाट प्राप्त हुने रकम हो ।
