इयूले सन् २०३५ देखि पेट्रोल र डिजेल कार प्रतिबन्ध लगाउने

एजेन्सी । युरोपेली संघ (इयू) ले सन् २०३५ देखि डिजेल र पेट्रोलबाट चल्ने कारमाथि प्रतिबन्ध लगाउने प्रस्ताव पारित गरेको छ ।

जलवायु परिवर्तनको असरलाई न्यूनीकरण गर्न डिजेल र पेट्रोलबाट चल्ने कारलाई प्रतिबन्ध लगाउने र विद्युतीय सवारीलाई वृद्धि गर्दै लैजान युरोपेली संघका देशहरू सहमत भएका हुन् ।

उक्त प्रस्तावसम्बन्धी नयाँ कानुनको मस्यौदा तयार गर्ने युरोपेली आयोग, कानुन पारित गर्ने युरोपियन संसद् र कार निर्माता कम्पनी पनि ०३५ देखि डिजल तथा पेट्रोल कार प्रतिबन्धमा सहमत भएका छन् ।

नयाँ उत्पादित कारले सन् ०२१ को तुलनामा ०३० सम्म ५५ प्रतिशत कार्बनडाइअक्साइडको मात्रा कटौती गर्नुपर्ने छ ।


Recommended For You