शिक्षासेवी तिमिल्सिना सम्मानित

गण्डकी । नेपाली भाषाको श्रीवृद्धिमा योगदान पुुर्‍याएवापत् कास्कीको मदरल्याण्ड माध्यमिक विद्यालयलले शिक्षासेवी गङ्गाधर तिमिल्सिनालाई सम्मान गरेको छ । लामो समयसम्म शिक्षण पेसामा रही नेपाली भाषा शिक्षणमार्फत विद्यार्थीमा नेपाली विषयको भाषिक ज्ञानलाई प्रभावकारी बनाउन योगदान पुर्‍याउनुका साथै सेवा निवृत्तपछि पनि लेखन कार्यमार्फत नेपाली भाषाको विकासमा योगदान पुर्‍याएको भन्दै तिमिल्सिनालाई १० हजार एक सय ११ र सम्मानपत्र प्रदान गरिएको हो ।

वरिष्ठ साहित्यकार सरुभक्त, साहित्यकार सरस्वती श्रेष्ठ, मदरल्याण्ड माध्यमिक विद्यालयका निर्देशक डा. त्रिभुवन शर्मा, प्राचार्य नारायण बराललगायतले उनलाई दोसल्ला ओढाएर सम्मान गरे । १९९९ को पुसमा पोखरा महानगरपालिका–२३ चैनपुरमा जन्मिएका तिमिल्सिनाले झण्डै चार दशक शिक्षण पेसामा रहेका थिए । उनी २१ वर्ष पोखरा महानगरपालिका–५ को बाराही माध्यमिक विद्यालयमा प्रधानाध्यापक थिए ।


Recommended For You