नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठान प्रमुखमा पूर्णबहादुर खड्का

नेपाली काँग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्का मनोनित भएका छन् ।

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले आफ्ना विश्वास पात्र नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्कालाई केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको जिम्मा दिएका हुन् । स्मरण रहोस् यस अघि उक्त प्रतिष्ठानका प्रमुख पूर्व उपसभापति विमलेन्द्र निधी थिए ।

नेपाली काँग्रेसले आफ्ना भ्रातृ भगिनी संगठनलाई विधानसम्मत चल्न नदिएर टीका लगाइदिने प्रथाले काँग्रेस बूढाहरूको मात्र पार्टी बन्दै गएको टिप्पणी आम कार्यकर्ताले गर्दै आएका छन् । यस्तै टिप्पणी खेपिरहेका सभापति देउवाले भने नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानको प्रमुखमा पूर्णबहादुर खड्कालाई मनोनित गरेका हुन् । उता नेविसंघ र तरूण दल जस्ता काँग्रेसका सशक्त संगठनलाई भने काँग्रेसले पूर्णता दिनसमेत सकेको छैन ।

 


Recommended For You