पद्मोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा तुलसीप्रसाद अवस्ती

पद्मोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिको अध्यक्षमा तुलसीप्रसाद अवस्ती निर्वाचित भएका छन् । विवादका कारण लामो समयदेखि विद्यालय व्यवस्थापन समिति गठन हुन नसकेको पद्मोदय माध्यमिक विद्यालयमा अन्तत: निर्वाचन प्रक्रियाद्वारा विद्यालय व्यवस्थापन समिति गठन भएको हो । त्यसैगरी विद्यालय व्यवस्थापन समितिको सदस्यमा पनि निर्वाचन प्रक्रियाद्वारा नै खुल्ला तर्फ मोहन सिम्खडा र जितेन्द्र यादव तथा महिला सदस्यमा उषा सिम्खडा निर्वाचित भएका थिए ।

विद्यालय व्यवस्थापन समिति सर्वसम्मत हुनुपर्छ भनेर प्रयास गरे पनि सहमति जुट्न नसकेपछि निर्वाचन प्रक्रियामा गएको थियो । करिब  नौ सय विद्यार्थी अध्ययन गर्ने पद्मोदय माध्यमिक विद्यालय व्यवस्थापन समितिको निर्वाचन प्रक्रियामा भने जम्मा १०२ जना अभिभावकले मात्र भोट हालेका थिए ।

विद्यालयका नि. प्रधानाध्यापक नारायणप्रसाद गौतमले निर्वाचित विद्यालय व्यवस्थापन समितिका अध्यक्ष एवं सदस्यहरूलाई बधाई दिँदै सफल कार्यकालका लागि शुभकामना दिए । उनले विद्यालयलाई अझ व्यवस्थित बनाउँदै लगिने र उपत्यकाकै उत्कृष्ट विद्यालय बनाउन लागिपर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।

 


Recommended For You