एजेन्सी । सोमालियाको राजधानी मोगादिसुमा दुई कार बम विस्फोटमा परेर १०० जनाको मृत्यु भएको छ । शनिबार शिक्षा मन्त्रालयबाहिर भएको उक्त विस्फोटमा ३०० जना घाइते भएको सोमालियाका राष्ट्रपतिले आइतबार बिहान एक विज्ञप्ति जारी गर्दै जानकारी दिए ।
राष्ट्रपति हसन सेख मोहम्मदले विस्फोट स्थलको भ्रमणपछि भने, ‘विस्फोटमा बच्चाहरूलाई काखमा राखेका आमाहबुबा, पढ्न पठाइएका विद्यार्थीहरू, आफ्नो परिवारको जीवनसँग संघर्ष गरिरहेका व्यवसायीहरूको दु:खद मृत्यु भएको छ ।’
आक्रमणको जिम्मा कुनै समूहले लिएको छैन । तर, आक्रमणमा मुस्लि लडाकु समूह अल सहबाबको संलग्नता रहेको राष्ट्रपतिले दाबी गरेका छन ।
