आफ्नो मूल्याङ्कन आफैँ गरेका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेम आलेले आफू सफल मन्त्री भएको बताएका छन् आज मन्त्रालयमै प्रेस सम्मेलन गरेर मन्त्री आलेले उक्त कुरा बताएका हुन् ।
मन्त्री आलेसहित चार मन्त्री फिर्ता बोलाएको एकीकृत सकाजवादी पार्टीले सरकारमा भने नयाँ टिम पठाएको छ । प्रधानमन्त्रीले नयाँ मन्त्रीपरिषद् पुनर्गठन गर्नुअघि मन्त्री आलेले आफ्नो मूल्याङ्कन आफैँ गरेका हुन् । उनले आफ्नो कार्यकाल ९० प्रतिशत सफल भएको दाबी समेत गरेका छन् ।
