मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सहरी विकास मन्त्री भावुक हुँदै निकै रोएकी छिन् । मन्त्री झाँक्रीले मन्त्रीको जिम्मेवारी सम्हालेको आठ महिना बीस दिनपछि मन्त्रीको जिम्मेवारी छोडेर बाहिरिने क्रममा निकै रून पुगेकी हुन् । हुन त उनी बेला बेलामा सम्हालिँदै हास्न समेत पुग्थिन् ।
मन्त्री झाँक्रीले बजेटको डिफेन्स गर्ने चाहनाले पार्टीले राजीनामा मागेको भन्दा केही ढिलो मात्र पद छोड्नुपरेको बताइन् । उनले पार्टीको निर्णय मान्न तयार हुँदाहुँदै थाहै नपाई मिडियाबाट पार्टीको निर्णय थाहा पाउनुपर्दा भने अलिकति दु:ख लागेको समेत बताइन् ।
