गुजरातमा झोलुंगेपुल चुँडिदा मृत्यु हुनेको संख्या १४० पुग्यो

एजेन्सी । गुजरातमा भोलुंगेपुल चुँडिदा मृत्यु हुनेको संख्या १४० पुगेको छ । १७७ जनाको उद्धार भएको छ । आइतबार छठको समयमा मानिसको ठूलो समूह जम्मा भइरहेका वेला पुल चुँडिएको थियो । ब्रिटिसकालीन उक्त पुल पुन: निर्माणको एक सातापछि चुँडिएको थियो । क्षमताभन्दा बढी मानिस रहेका कारण पुल चुँडिएको प्रारम्भिक अनुमान गरिएको छ । अहमदाबादबाट २०० किलोमिटर टाढा रहेको उक्त झोलुङ्गेपुल आइतबार साँझ पौने ७ बजे छठ पूजामा करिब ५०० मानिस भेला भएका थिए।

पुल चुँडिएपछि माचु नदीमा केही मानिस हराइरहेका थिए भने फसेका केही मानिसको उद्धार गरिएको थियो । मृत्यु हुनेमा धेरै महिला र बालबालिका छन् । करिब १५० वर्ष पुरानो र लोकप्रिय पर्यटकीय स्थल मोरबीको केबुल ब्रिज सात महिनादेखि मर्मतसम्भारका लागि बन्द गरिएको थियो । यो अक्टोबर २६ मा पुन: खोलिएको थियो ।


Recommended For You