एजेन्सी । अमेरिकी वरिष्ठ राजनीतिज्ञ न्यान्सी पेलोसीलाई अपहरण गर्ने प्रयास भएको छ । उनका श्रीमान्माथि पनि कुटपिट गरेको आरोपमा एक व्यक्ति पक्राउ परेका छन् । ४२ वर्षीय व्यक्तिले शुक्रबार बिहानै पेलोसीदम्पतीको सान फ्रान्सिस्कोको घरमा पसेर ८२ वर्षीय पाउल पेलोसीलाई हथौडाले आक्रमण गरेका थिए । घरभित्र पसेपछि उनले न्यान्सीलाई खोजेका थिए । वरीयताक्रममा राष्ट्रपतिपछि दोस्रो स्थानमा रहेकी पेलोसी उक्त समय घरमा थिइनन् ।
आक्रमणको कारणबारे थप अनुसन्धान भइरहेको छ । उक्त हमला सुनियोजित भएको प्रहरीले जनाएको छ । सोमबार उनीमाथि संघीय कानुन उल्लंघन गरेको आरोप लागेको छ । उनी दोषी ठहर भएमा ३० वर्षको जेल सजाय हुन सक्ने प्राप्त विवरणमा जनाइएको छ ।
