“रक्तदान जीवनदान । रक्तदान महादान” यो स्लोगन लाइ आत्मसात गरेर भक्तपुर बहुमुखी क्याम्पसले रक्तदान कार्यक्रम सपलरुपमा सम्पन्न गरेको छ।
आधुनिक विज्ञानले धेरै प्रगति गरेतापनि कृत्रिम तरिकाले रगत बनाउने सूत्र फेला पारेका छैनन् । ब्लड बैंकहरुले पनि आवश्यक मात्रामा सेवाग्राहीलाई रगत उपलब्ध गराउन सकिरहेका छैनन् । योग्य व्यक्तिहरुले पनि रक्तदान नगर्ने प्रवृतिले गर्दा देशमा रगतको चरम संकट परेको छ ।
यसैलाई मध्यनजर गरेर ने बि संघ भक्तपुर बहुमुखी क्याम्पसले रक्तदान कार्यक्रम राखेको कुरा ने वि संघ भक्तपुर क्याम्पसका नेता सजग पोखरेलले बताउनु भएको छ।
असार १३ गते सोमवारको दिन बृहत रुपमा नेपाल बिधार्थी संगले गरेको रक्तदानले सबै बिधार्थीलाइ थप उर्जा प्रदान गरेको छ। बिधार्थी नेता सजग पोखरेल , सुदीप ढुंगाना, निमेष नायावा लगायतका सक्रिय भुमिकामा भएको उक्त रक्तदान सभ्य र भब्य रहेको ठहर छ। उक्त क्याम्पसको ईकाई सभापति प्रविन लाखे र दीप गिरी को निग्रानिमा भएको कार्यक्रम भब्य भएको देख्दा आउदो नेपाली काङ्ग्रेसको भबिष्य राम्रो हातमा छ भन्न सकिन्छ।
यसरी भक्तपुर बहुमुखी क्याम्पसमा आज रक्तदान कार्यक्रम भएको छ। बढ्दो रगत अभाव लाई मध्येनजर गर्दै नेबिसंघ भक्तपुर बहुमुखी क्याम्पस द्वारा आयोजित रक्तदान कार्यक्रम उत्साहाजनक उपस्थितिका साथ सम्मपन्न भएको कुरा भक्तपुर क्याम्पसका युवा नेता तथा नेबिसंघ भक्तपुर क्याम्पस Bsc. CSIT संयोजक सजग पोखरेलले जानकारी गराउनु भएको छ । बढ्दो रगत अभाव कसरी न्यूनिकरण गर्न सकिन्छ त भनेर रक्तदान कार्यक्रम को आयोजना भएको हो। उहाँको पहलमा विद्यार्थीहरुको बाक्लै उपस्थिति थियो ।
