कृषि मन्त्रीविरूद्ध राप्रपाको राँके जुलुस प्रदर्शन

 

राष्ट्रिय प्रजातन्त्र पार्टी काठमाडौँ महानगर समितिका सभापति केदारप्रसाद धमलाको नेतृत्वमा आज साँझ ७:१५ बजे प्रदर्शनी मार्ग भृकुटी मण्डप काठमाडौँमा कृषि मन्त्रीविरूद्ध सशक्त राँके जुलुस प्रदर्शन भयो । जुलुसमा राप्रपाका भ्रातृ संगठनहरूले पनि साथ दिएका थिए ।
राँके जुलुसमा ‘कृषि मन्त्री राजीनामा दे’, ‘मूल्यबृद्धि फिर्ता गर्’, ‘भ्रष्ट सरकार चाहिँदैन, जनता मार्न पाईँदैन’, जस्ता चर्का नारा लगाइएका थिए । जुलुसमा प्रधानमन्त्री शेरबहादुर देउवाविरूद्ध समेत नारा लगाइएको थियो । यतिखेर मूल्यबृद्धिको मारले नेपालीहरू आक्रान्त छन् ।


Recommended For You