जिल्ला समन्वय समिति काठमाडौँको उत्कृष्ट कृषक सम्मान

काठमाडौँ । जिल्ला समन्वय समिति काठमाडौँले उत्कृष्ट कृषकलाई सम्मान गरेको छ । काठमाडौँ जिल्लाका नगरपालिकाले सिफारिस गरेका उत्कृष्ट कृषि कर्म गर्ने कृषकलाई सम्मान गरेको हो ।

जिल्ला समन्वय समिति काठमाडौँले उत्कृष्ट कृषकमा नागार्जुन नगरपालिकाबाट कर्म बि. कन्सर्नका, कर्म तामाङ, दक्षिणकाली नगरपालिकाबाट दक्षिणकाली नगरपालिका -३ सेतीदेवीका संञ्जय के.सी, बूढानीलकण्ठ नगरपालिकाबाट हिसाङ्ग कृषि फर्म बु.न.पा-१३, टोखा नगरपालिकाबाट उत्प्रेरणा कृषि तथा पशुपालन फर्मका कृष्णप्रसाद अधिकारी, शङ्खरापुर नगरपालिकाबाट पिटी तरकारी खेती व्यवसायका प्रेमछिरी शेर्पा,चन्द्रागिरि नगरपालिकाबाट सुरेन्द्र गिरि र तारकेश्वर नगरपालिकाबाट चिसापानी भङ्गेरीटार कृषि फर्म तारकेश्वर -६ का राजेन्द्र अधिकारीलाई सम्मान गरिएको थियो ।

”हिजो कृषि उपज निर्यात गर्ने हामी आज खुर्सानी पनि आयात गरिरहेका छौँ । यो विकराल समस्या हो ।” त्यसैले कृषकलाई हौसला दिन सम्मान गरिएको जिल्ला समन्वय समिति काठमाडौँका प्रमुख सन्तोष बुढाथोकीले बताए । अब व्यवसायीमध्येमा पनि कृषकलाई पहिलो दर्जाको सम्मान र हौसला दिनुपर्ने बुढाथोकीको भनाइ थियो ।

समन्वय प्रमुख सन्तोष बुढाथोकीले विशेष गरेर कृषिमा लाग्ने युवाहरूलाई प्रोत्साहन गर्न सरकारी एवं गैर सरकारी संस्थालाई आह्वानसमेत गरेका छन् ।


Recommended For You