अर्थमन्त्रीले दिए राजीनामा

चौतर्फी विरोधपछि अन्ततः अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएका छन् । आज बुधवार संसद बैठकमा आफ्नो कुरा राखिसकेपछि अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् ।

आर्थिक वर्ष २०७९/०८० बजेट निर्माण गर्ने क्रममा अनधिकृत व्यक्तिलाई प्रवेश गराई करको दर नै हेरफेर गराएको आरोप शर्माले खेप्दै आएका थिए । करको दर हेरफेर गराएको आरोप छानबिन गर्न संसदले विशेष संसदीय समिति बनाए लगत्तै अर्थमन्त्री शर्माले राजीनामा दिएका हुन् ।

‘आफू एउटा मात्र संसदीय छानबिन समिति होइन हजारौँ छानबिन समितिका लागि तयार रहेको र छानबिनका लागि मार्ग प्रशस्त गरेको’ बताउँदै अर्थमन्त्री जनार्दन शर्माले राजीनामा दिएको घोषणा गरेका थिए ।


Recommended For You