काठमाडौँ महानगरपालिकाको २०७९/८० का लागि २५ अर्ब ४१ करोड ९६ लाख ९६ हजारको बजेट आज नगरसभाबाट संशोधनसहित पारित भएको छ । तीन चरणमा छलफल भएपछि मात्र संशोधनसहित आज सर्वसम्मत बजेट पारित भएको हो ।
वडातहबाट नै छलफल गरेर बजेट पार्दा राम्रो हुने बजेट छलफलविना नै पारेकोमा नगरसभा सदस्यले नगरप्रमुख वालेन्द्र साहको ध्यानाकर्षण गराएका थिए ।
काठकाडौँ महानगरले आर्थिक विधेयक भने गत १७ असारमै सर्वसम्मतले पारित गरिसकेको थियो ।
