नेपाल ट्रेड युनियन काँग्रेसले आफ्ना सदस्यको चुस्त डाटा सङ्कलन गर्ने भएको छ । आफ्नो प्रत्यक्ष सदस्य नभएको ट्रेड युनियन काँग्रेसमा २७ वटा आबद्ध युनियनहरू रहेका छन् । २७ वटा आबद्ध सङ्गठनका सदस्यहरू नै नेपाल ट्रेड युनियन काँग्रेसका सदस्यहरू रहने प्रावधान रहेको छ ।
सदस्यको यथार्थ तथ्य राख्ने सन्दर्भमा आज नेपाल ट्रेड युनियन काँग्रेसका उपाध्यक्ष नेत्रविक्रम थापाको अध्यक्षतामा विभिन्न आबद्ध युनियनका अध्यक्ष तथा प्रतिनिधसँग अन्तर्क्रिया सम्पन्न भएको थियो । अन्तरक्रियामा ट्रेड युनियन काँग्रेसका महासचिव योगेन्द्र कुँवर र उपमहासचिव राधिका कुईँकेलको पनि सहभागिता रहेको थियो ।
कार्यक्रममा सदस्यहरूको डाटा सङ्कलन आगामी ३ महिनाभित्र गरिसक्न सबै आबद्ध युनियनलाई अपिल गरिएको थियो ।
