गुरूपूर्णीमाको दिन एमाले अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न गएका काठमाडौँ महानगरका प्रमुख वालेन्द्र शाहलाई केपी ओलीले तबला उपहार प्रदान गरेका छन् ।
एमालेका स्थायी समिति सदस्य कर्ण थापाले आफ्नो फेसबुक पेजमा केपी ओलीसँग काठमाडौँ महानगर प्रमुखको अकस्मात भेट भएकाे र एमाले अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले बालेनलाई तबला उपहार दिएको उल्लेख गरी तबला प्रदान गरेको फोटो पोष्ट गरेका छन् ।
थापाले आफ्नो फेसबुक पेजमा लेखेका छन्,-”पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष कमरेड केपी शर्मा ओलीद्वारा काठमाडौंका मेयर बालेन शाहलाई तबला उपहार । आज बालकाेटमा अकस्मात जम्काभेट ।”
आम नागरिकले तबला नै उपहार दिनुलाई भने कौतुहल दृष्टिले हेरेका छन् ।
