लोकतन्त्रप्रति नै चारैतिरबाट खतरा रहेको हुँदा नेपाली काँग्रेस गम्भीर भएर अगाडि बढ्नुपर्ने नेता प्रकाशमान सिंहले बताएका छन् । अहिले काँग्रेस एकताबद्ध भएर लोकतन्त्रको रक्षामा नलागे लोकतन्त्रमाथि नै खतराको घण्टी बजिसकेको उनको भनाइ रहेको छ ।
सिंहले भने,”अहिले काँग्रेसभित्र नै संघर्ष गरेका कार्यकर्तालाई ओझेलमा पारेर नजिक र पैसा भएका नेतालाई मात्र अवसर दिने प्रवृत्ति बढ्दै गएको हुँदा काँग्रेस पनि कमजोर हुँदै गएको र काँग्रेस कमजोर हुनु भनेको लोकतन्त्र कमजोर हुनु हो ।” आफ्ना कार्यकर्तासँगको छलफलमा नेता प्रकाशमान सिँहले सो कुरा बताएका हुन् । उनले आफू लोकतन्त्र प्राप्ती र यसको रक्षाका लागि सधैँ लड्दै आएको र अझै पनि लोकतन्त्रको विकासमा लागिरहने बताए ।
