कांग्रेसले गृहमन्त्री लामिछानेको राजीनामा माग गर्दै वेल घेरेपछि बैठक स्थगित

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसले विरोध जनाएपछि प्रतिनिधिसभाको दोस्रो बैठक स्थगित भएको छ । यसअघि १५ मिनेटका लागि स्थगित भएको बैठक पुन: सुरु भएको थियो ।

दोस्रो पटक बैठक सुरु भएलगत्तै सभामुख देवराज घिमिरेले उपप्रधानमन्त्री एवं गृहमन्त्री रवि लामिछानेलाई ‘राजनीतिक दलसम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८०’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पेस गर्न अनुमति दिए ।

सभामुखले अनुमति दिने बत्तिकै कांग्रेसका सांसदहरुले वेल घेराऊ गरेर विरोध जनाएपछि बैठक स्थगित भएको हो । प्रतिनिधिसभाको अर्को बैठक यही चैत ४ गते बिहान ११ बजे बस्नेछ ।


Recommended For You