एमाले उपाध्यक्ष विष्णु पौडेललाई कोरोना संक्रमण

नेकपा एमालेका उपाध्यक्ष विष्णु पौडेललाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । उनले शनिबार सामाजिक सञ्जालमार्फत् आफूलाई कोरोना संक्रमण पुष्टि भएको जानकारी गराएका छन् ।

शुक्रबार गरिएको परीक्षणको रिपोर्ट शनिबार आउँदा पोजेटिभ अर्थात संक्रमण पुष्टि भएको पौडेलले बताएका छन् । आफ्नो स्वास्थ्य अवस्था सामान्य रहेको र होम आइसोलेसनको यात्रा आरम्भ भएको पौडेलले फेसबुकमार्फत् जनाएका छन्।

कोरोनाको तेस्रो लहरको संक्रमण तीव्र गतिमा फैलिरहेका बेला यसपटक राजनीतिक दलका शीर्ष नेताहरू नै धमाधम संक्रमित भइरहेका छन् ।

 


Recommended For You